November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

एसइईको पूरक परीक्षा सुरू

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक परीक्षा आज (बुधबार)देखि सुरू भएको छ । काठमाडौं उपत्यकासहित देशभरिकै विभिन्न विद्यालयका परीक्षा केन्द्रमा एसइईको पूरक परीक्षा सुरू भएको हो।

गत असारमा एसइईको नतिजा आउँदा २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेडिङमा परेका थिए । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसवर्ष ४७.८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएका थिए । एसइईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । जसमा जिपिए १.६० देखि २ ल्याउनेमा ६ जना विद्यार्थी थिए।

यस्तै २ देखि २.४० ल्याउनेमा २ हजार ९५०, २.४० देखि २.८० ल्याउनेमा ४१ हजार १७७, २.८० देखि ३.२० ल्याउनेमा ७८ हजार ८७४ जना विद्यार्थी थिए।

Advertisement

६८ हजार २५६ जनाको ३.२० देखि ३.६० र ३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ३१ हजार २०९ रहेको कार्यालयले जनाएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष दुईभन्दा बढी विषयमा नन ग्रेड ल्याएका विद्यार्थीहरूले पनि पूरक परीक्षा दिन पाउने निर्णय गरेको थियो।

तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै दुईभन्दा बढी विषयमा नन ग्रेड आए पनि पूरक परीक्षा दिन पाउने निर्णय गरेकी थिइन् । उक्त निर्णयअघिसम्म दुई विषयमा नन ग्रेड आए मात्रै पूरक परीक्षा दिन पाइन्थ्यो।