काठमाडौं । कक्षा १२ को फाइनल परीक्षा बैशाख १४ गतेदेखि हुने भएको छ । मंगलबार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो ।
बोर्डले एसईईको परीक्षा तालिका यसअघि नै सार्वजनिक गरिसकेको थियो । तालिका अनुसार एसईईको परीक्षा चैत्र १९ गतेदेखि सञ्चालन हुनेछ ।
फागुन २१ गतेको निर्वाचनका कारण चैत पहिलो साता हुने एसईई दुई साता पछि सरेको हो ।
