काठमाडौं । कुवेत एयरवेजका नेपाल उडानहरू आजदेखि पुनः सुचारु भएका छन् । मध्यपूर्वमा बढेको भूराजनीतिक तनावका कारण ०८२ फागुन १६ देखि स्थगित उडान सुचारुमा आएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गको हवाई यातायात विभागले कुवेत एयरवेजलाई सेमबार (१८ मे २०२६ देखि २८ मे २०२६) सम्मका लागि पहिलो चरणको अस्थायी उडान अनुमति दिएको छ ।
यात्रुहरूको चापका आधारमा कुवेतको यो सरकारी विमान कम्पनीले हप्तामा २ वटा उडान सञ्चालन गर्नेछ । यसका लागि २३५ सिट क्षमता भएको ठुलो एयरबस ए३३० जहाज प्रयोग गरिनेछ ।