November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

बेलायती राजकुमार फिलिपको अवस्था गम्भिर

२०७७ फाल्गुन १८

काठमाडौं – बेलायती राजकुमार फिलिपलाई सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको छ। 

बेलायती महामारी एलिजावेथ द्धितीयका ९९ बर्षीय श्रीमान् फिलिपको झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार भइरहेको थियो। उनलाई मुटुसम्वन्धी समस्या देखिएपछि मुटु परीक्षण समेत गरिएको छ।

उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि अर्को अस्पताल स्थानान्तरण गरिएको राजदरबारका अधिकारीहरुले जनाएका छन्। लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उनलाई राज्यद्वारा सञ्चालित सेन्ट बर्थोलोमेज अस्पतालमा स्थानान्तरण गरिएको हो। 

Advertisement

‘मुटुको अवस्थाकाबारेमा निगरानी गर्दै चिकित्सकहरूले थप उपचारलाई अगाडि बढाएका छन्,’ एक अधिकारीले भने। उनको मुटुमा सङ्क्रमण देखिएको बताइएको छ।