November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

सागर सुब्बा निर्देशित चलचित्र ‘लोजिमा’को ट्रेलर सार्वजनिक

काठमाडौं । सागर सुब्बा  निर्देशित चलचित्र ‘लोजिमा’को ट्रेलर सार्वजनिक भएको छ । प्रेममा आउने लिम्बु सांस्कृतिक, सामाजिक विषयलाई प्रस्तुत गरिएको यस चलचित्रको ट्रेलर युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

पाथीभरा च्यानलको ब्यानरमा निर्माण भएको चलचित्र ‘लोजिमा’को मुख्य भूमिकामा बिमला लिम्बु र निशाम तुम्बापो रहेका छन् भने आशाहाङ आङ्बो, सागर केरुङ, रुद्र पाहिम, नुनाम केरुङ, हस्त लिबाङ, साहाराहाङमा पन्धाक लिम्बु , सेरिना राई, बिनि सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पन्धाक, सन्जन सुब्बा, देवि लिम्बू ज्ञानु खम्दाक ,लगायतको अभिनय रहेको छ ।

चलचित्रको विशेष प्राविधिक सहयोगी निर्देशक बसन्त अधिकारी हुन् । यस्तै चलचित्रको सम्पादन संजय अधिकारी र पार्श्व संगीत अशोक राई, साउण्ड डिजाइन मानशी किरण र डिजाइनर सुन्दर श्रेष्ठको रहेको छ ।

Advertisement

सर्वोकृष्ट राष्ट्रिय सांस्कृतिक अवार्ड पाउन सफल कुसुम चलचित्र निर्देशन गरेर चर्चामा आएका निर्देशक सागर सुब्बाको यस चलचित्रको कथा निर्देशन रहेको छ ।यस चलचित्रको पटकथा संवाद सागर केरुङ्ले लेखेका हुन ।

आशाहाङ आङ्बोको निर्माण रहेको ‘लोजिमा’को कार्यकारी निर्माता पम्फावती राई, मुख्य सहाय निर्देशक दिपक अधिकारी, छायांकार रबिन्द्र बराल हुन् भने श्रीङ्गार नरेश खरेल, अशोक लोहरुङ राईको एरेन्ज रहेको छ ।चलचित्रमा मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ ।

भिजन नेपाल फिल्मस र डबि ङ एम के प्रोडक्सनमा भएको चलचित्र लोजिमाको प्रिमियर शो डिसेम्बर २४ अर्थात पुस ८ गते सिक्किममा हुने जनाइएको छ ।  ग्राण्ड प्रिमियरपछि सिक्किमको भिभिन्न स्थान काठमाडौं, झापा, पान्थर, ताप्लेजुङ र ईलाम लगायत अन्य ३० भन्दा बढी स्थानमा प्रदशन हुने मिति र स्थानको पक्का भइसकेको निर्देशक सागर सुब्बाले जानकारी दिए । यस्तै, युके, कोरिया, हङकङ मलेसिया लगायत अन्य देशहरुमा पनि क्रमश प्रदर्शन हुने उनले जानकारी दिए ।