August 28, 2026, Friday
२०८३ भाद्र १२
1:37:26 pm

याक्थुङ मुन्चइत चोक सयङ नेवा: ताम्सालिङ प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न

काठमाडौं। याक्थुङ मुन्चइत चोक सयङ नेवा: ताम्सालिङ प्रदेश (बागमती) समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । बुधबार ललितपुरस्थित चुम्लुङ्हिममा सम्पन्न प्रथम अधिवेशनले सीता राई नेम्बाङ्लाई अध्यक्षमा निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा राम तिलिङ, पुष्पाञ्जली तिलिङ, सचीवमा सम्भु फोम्बो, सहसचिव बिमला इवारम, कोषाध्यक्ष नितुरानी नेम्बाङ, सह-कोषाध्यक्ष पबि तेम्बेलाई निर्वाचित गरेको छ ।

यसरी नै सदस्यहरुमा दिलिप लुम्फुङ्वा, कबिराज आङ्देम्बे, निरन्ता नेम्बाङ, पुष्पादिवानी तिगेला, दिलकुमार चोङ्बाङ, बिपना हाङगाम, सुस्निता लिम्बू, आशा हाम्सोहाङ, पूर्ण लिम्बू साँवा, बिमला खजुम, उदय बेघा, नैना वनेम, रेखा लावती, एन्जिला नेम्बाङ, देबेन्द्र तुम्रोक, मिरा फियाक, माया आङ्देम्बे, इन्दिरा योङ्हाङ लाई निर्वाचित गरेको छ ।

Advertisement

उक्त महाधिवेशनले  विनोद सेरेङ, दिलिप फुरुम्बो, मनु नेम्बाङ, इन्दु तुम्सा सम्बाहाङ्फे लाई सल्लाहकारमा मनोनयन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि मुन्धुमविद येहाङ् लावती, किरात याक्थुङ चुम्लुङ्का संघीय अध्यक्ष प्रेम येक्तेन, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिती चलचित्र विकास बोर्डका संयोजक ज्योतिराज राई, पूर्व नजरल उपरथी होम लावती, गोविन्द आङ्बुङ, प्रोफेसर अर्जुन नुगो, राई चलचित्र कर्मी संघका महासचिव किरन राई, चलचित्र निर्मात्री कल्पना योङ्हाङ, मुन्चइत का संघीय अध्यक्ष सागर केरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।