August 26, 2026, Wednesday
२०८३ भाद्र ११
1:37:26 pm

सुनिता सङ्यकको ‘बाँचुञ्जेल’ सार्वजनिक

काठमाडौं । सुनिता सङ्यकको नयाँ गीत ‘बाँचुञ्जेल’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो ‘सुनिता सङ्यक’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

शशी गुरुङको शब्द तथा संगीत र सागर संसार राईको संयोजन रहेको यस गीतमा रुविना लिम्बुकोसमेत स्वर छ । यस्तै, गीतमा संजीब बराईलीको गितार, हेमन्त कान्छाको सारङ्गी, भरत बुढाथोकीको मादल र बाँसुरी नगेन्द्र बिक्रम राईको रहेको छ ।

गीतको भिडियोलाई किरण राईलाई निर्देशन गरेका हुन् । भिडियोमो सुनिता संयक, अनुषा राई, रबिना लिम्बु, बबिन राई, साङ्केन राईलगायतको मुख्य भूमिका रहेका छन् भने गौतम खड्का, गौरब घिसिङ, मनिष मगर, इशान दाहाल, अजय राई, युनिशा राई, जस्मिन कार्की, अपेक्षा राई, श्रृष्टि राई, स्नेहा राई, करिश्मा राई, केमिशा राई, सपना मगर, सुमी राई, सिम्रन राई, तमिङ भाइलगायतको सहयायक भूमिका छ ।

Advertisement

भिडियोको कोरियोग्राफर आशिष राई र रोहित बस्नेत हुन् ।