November 7, 2026, Saturday
२०८३ कार्तिक २२
1:37:26 pm

‘जारी २: सङ अफ च्याब्रुङ’को ट्रेलर सार्वजनिक

२०८२ कार्तिक १०

काठमाडौं । सुपरहिट चलचित्र ‘जारी’को दोस्रो श्रृंखला ‘जारी २: सङ अफ च्याब्रुङ’को ट्रेलर सार्वजनिक भएको छ । उपेन्द्र सुब्बाको पटकथा लेखन र निर्देशन रहेको यस चलचित्रको ट्रेलर बाँसुरी फिल्म्स् युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, अनिल सुब्बा, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, यासेली योङहाङ, मनाहाङ लावती, विष्णु मोक्तान, कमल मणी नेपाल, रेखा लिम्बु, सृजना निङ्कु, मिना महरेसाङ लगायतको अभिनय छ ।

रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङको निर्माण र बाँसुरी फिल्म्सको ब्यानरमा फिल्म निर्माण भएको यस फिल्मलाई रमेश ढकाल र प्याट्रिक सुवेदीको सेभेन सिज इन्टरनेसनलले नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज गर्दैछ ।

Advertisement

यस चलचित्र कात्तिक २१ बाट देशभर प्रदर्शनमा आउने बताइएको छ ।