August 27, 2026, Thursday
२०८३ भाद्र १२
1:37:26 pm

नेपाली फिल्ममा डेब्यु गर्दै भारतीय कलाकार रोहित

काठमाडौं– भारतीय टेलिसिरियलबाट दर्शकको मन जित्न सफल कलाकार रोहित सुचान्तीले नेपाली फिल्ममा डेब्यु गर्ने भएका छन्।  उनले नेपाली कलाकार दीपिका प्रसाईंसँग स्कृन सेयर गर्नेछन्।

महावीर जैन कलेज मुम्बईबाट स्नातक तह उत्तीर्ण गरेका रोहितले तुने प्यार क्या किया र रिश्ता लिखंगे हम नयाँ लगायतका सिरियलमा अभिनय गरेका छन्। साथै, उनले नेपालमा समेत माया पाउन सफल रियालटी सो बिग बोसको १२ सिजनमा भाग लिएका थिए।

फिल्म दीवाकर भट्टराईको निर्माण तथा निर्देशनमा बन्नेछ। फिल्मको नाम तिमीसँगै हुने मन छ राखएको छ। 

Advertisement