August 26, 2026, Wednesday
२०८३ भाद्र ११
1:37:26 pm

भारती सिंहको जोडी हिरासतमा, धरौटीको सुनुवाइ आज

काठमाडौं–चर्चित भारतीय कमेडियन भारती सिंह संकटमा परेकी छन्। भारती र उनका श्रीमान् हर्ष लिंबाचियामाथि लागुऔषध अनुसन्धान ब्युरो (एनसिबी) ले अनुसन्धान अघि बढाएको छ। भारती  र हर्षलाई मुम्बइको किला कोर्टले ड्रग्स केसमा न्यायिक हिरासतमा राख्ने फैसला सुनाएको हो। भारती र हर्षले अदालतमा आफ्नो धरौटीका लागि निवेदन दिएका छन्। यसको सुनुवाइ सोमबार हुनेछ। 

भारती र उनका श्रीमान् हर्षलाई ४ डिसेम्बरसम्मका लागि न्यायिक हिरासतमा पठाइएको छ। भारतीलाई कल्याण जेल पठाइनेछ भने हर्षलाई टलोजा जेलमा पठाइनेछन्।

सुशान्त राजपुतको मृत्युपछि लागुऔषध मुद्दामा एनसिबीले बलिउडकर्मीमाथि छानबिन थालेको छ। रिया चक्रवर्तीपछि दीपिका पादुकोण, सारा अली खान र रकुल प्रीतसँग समेत सोधपुछ गरिएको थियो।  यस्तै, अभिनेता अर्जुन रामपालको घरमा छापामा मारिएको थियो र उनका ड्राइभरलाई गिरफ्तार गरिएको थियो।

Advertisement