August 30, 2026, Sunday
२०८३ भाद्र १४
1:37:26 pm

‘ह्युलन् छ्याँवा’ लाई सर्वोत्कृष्ट चलचित्रको उपाधि प्रदान

काठमाडौं । चलचित्र विकास बोर्डल गुरुङ भाषाको चलचित्र ‘ह्युलन् छ्याँवा’ अर्थात ‘देशै रमाईलो’ लाई सर्वोत्कृष्ट चलचित्रको उपाधि प्रदान गरेको छ ।

२०७८÷७९ मा प्रदर्शन भएका विभिन्न मातृभाषी चलचित्रहरु मध्येबाट ह्युलन् छ्याँवा चलचित्रले यो उपाधि जित्न सफल भएको हो ।

मुनाल फिल्म प्रोडक्स प्रा.लि.को ब्यानरमा निर्मित चलचित्र ‘ह्युलन् छ्याँवा’ अर्थात ‘देशै रमाईलो’ लाई राष्ट्रपति रामचन्द्र पौडेलले सितल निवासमा आयोजित एक समारोहकाबीच नगद पुरस्कार २५ हजारसहित प्रमाण पत्र र ट्रफी प्रदान गरेका छन् ।

Advertisement

ओम प्रकाश गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र ‘ह्युलन् छ्याँवा’ अर्थात ‘देशै रमाईलो’ को उपाधि मुनाल फिल्म प्रा.लि.का प्रबन्ध निर्देशक भोजबहादुर गुरुङले ग्रहण गरेका थिए ।

भिम गुरुङ र कुबिना गुरुङले निर्माण गरेको चलचित्र ह्युलन् छ्याँवामा भिम गुरुङ, कृष्टी गुरुङ, इन्द्रमाया गुरुङ र गजेन्द्र गुरुङको मुख्य भूमिका रहेको छ ।

गुरुङ भाषा, संस्कार तथा संस्कृतिमा आधारित चलचित्र ‘ह्युलन् छ्याँवा’ अर्थात ‘देशै रमाईलो’ को मुख्य सह निर्देशकमा अर्जुन गुरुङ, सह निर्देशक लालशोभा गुरुङ, निर्माण नियन्त्रण डिबी गुरुङ, नृत्य निदेशन कमल गुरुङ रहेका छन भने सन्देश गुरुङले छायांकन गरेका छन् ।