August 27, 2026, Thursday
२०८३ भाद्र १२
1:37:26 pm

सौगात मल्ललाई ‘सुपरस्टार’को ट्याग

काठमाडौं – मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘लप्पन छप्पन–२’ को निर्माण टिमले अभिनेता सौगात मल्ललाई पहिलोपटक ‘सुपरस्टार’को ट्याग दिएको छ । 

‘लप्पन छप्पन–२’ को टिजरमार्फत सार्वजनिक गर्दै निर्माण टिमले सौगातलाई ‘सुपरस्टार’को ट्याग दिएको हो ।

चलचित्र ‘लप्पन छप्पन–२’ को नयाँ रिलिज डेटसहित दोस्रो टिजर सार्वजनिक गरिएको छ ।  नयाँ वर्षको छेको पारेर चैत २७ गतेदेखि रिलिज हुने भएको छ । 

Advertisement

टिजरमा सौगात मल्ललाई मात्र स्थान दिइएको छ । एक्सन ड्रामा चलचित्रमा सौगातसँगै शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेको छ ।