September 2, 2026, Wednesday
२०८३ भाद्र १७
1:37:26 pm

पर्यटन विकास आयोजना हेटौंडाका लेखा अधिकृत र सवइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं- पर्यटन विकास आयोजना हेटौंडाका लेखा अधिकृत देवीप्रसाद गौतम र सवइन्जिनियर नेत्रप्रसाद लामिछानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

लेखा अधिकृत गौतम र सवइन्जिनियर लामिछानेले सेवाग्राहीसँग ५० हजार रुपैयाँ अतिरिक्त शुल्क लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए।

निर्माण कार्य सम्पन्‍नपश्चात् धरौटी रकम भुक्तानी दिने भन्दै अतिरिक्त रकम माग गरिरहेको भन्‍ने उजुरीका आधारमा अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले ५० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको थियो।

Advertisement

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) अनुसारको सजाय माग गर्दै मुद्दा दायर गरिएको छ।