November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

लाइसेन्सको परीक्षा आइतबारबाट सुरु, यस्ता छन् मापदण्डहरु

काठमाडौं – सवारी लाइसेन्सको लिखित परीक्षा भदौ २० गतेदेखि हुने भएको छ । लिखित परीक्षा पास गरेका र एक पटक ट्रायलमा फेल भएकाहरुलाई यातायात व्यवस्था कार्यालयले २० गतेदेखि परीक्षा लिन लागेको हो ।

कोभिड-१९ संक्रमणको विशेष अवस्थामा यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड-२०७८ स्वीकृत गरिसकेको छ ।

यस्ता छन् मापदण्डहरु

Advertisement

-परीक्षार्थी स्वयंले अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र आफ्नो पिउने पानीको व्यवस्था गर्नुपर्ने, भौतिक तथा सामाजिक दूरी कायम गर्नुपर्ने, परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि परीक्षार्थीहरूको शारीरिक तापक्रम मापन गर्नुपर्ने ।

-प्रश्नपत्र वितरण तथा हाजिरी गराउँदा उच्च सतर्कता अपनाउने, कोभिड-१९ संक्रमण भएका परीक्षार्थीहरुलाई निको भएपछि रिपोर्ट हेरेर प्राथमिकतापूर्वक परीक्षामा सामेल गराउने ।

-तोकिएको समयमा ट्रायलमा उपस्थित नभएमा अनुपस्थित भएको मानिने र सोही दिनको अन्य सिफ्टमा सञ्चालन हुने परीक्षामासमेत सहभागी नगराउने।

-परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० जना परीक्षार्थी सहभागी गराउने ।

-ट्रायल परीक्षामा सवारीसाधन यातायात व्यवस्था कार्यालयहरुले तोकेबमोजिम हुने, व्यक्तिगत रुपमा ल्याउन नपाइने ।