August 28, 2026, Friday
२०८३ भाद्र १२
1:37:26 pm

अब देशभित्र प्रतिव्यक्ति दिनमा २५ हजारसम्म मात्र पठाउन पाइने

२०७८ फाल्गुन १८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषण (रेमिट्यान्सको) सीमा घटाएको छ। केन्द्रीय बैंकले आज बुधबारदेखि नै लागू हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो।

राष्ट्र बैंकले स्वदेशमा रकम स्थानान्तरण गर्नेबारे आफ्नो आधिकारिक वेबसाइटमा बुधबार सूचना जारी गरेको छ।

विप्रेषण कम्पनीका ‘सब एजेन्ट’ वा ‘सब रिप्रिजेन्टेटिभ’ हरूले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन २५ हजार रूपैयाँसम्म मात्रै गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो।

Advertisement

यसअघि यस्तो आन्तरिक विप्रेषण कारोबारको अधिकतम सीमा एक लाख रूपैयाँसम्म थियो। 

केन्द्रीय बैंकले विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्तलाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमामा भने कुनै परिवर्तन नगरिएको जनाएको छ।