August 28, 2026, Friday
२०८३ भाद्र १२
1:37:26 pm

कांग्रेसद्वारा गाउँपालिकासँग बजेटको विवरण माग

२०७८ फाल्गुन २४

बैतडी : नेपाली कांग्रेसले बैतडीको दोगडाकेदार गाउँपालिकासँग अहिलेसम्म विनियोजित भएको बजेटको विवरण माग गरेको छ। यसअघि २०७७ साल साउन २७ गते पनि पालिकालाई सूचना माग गरिएकाले अहिलेसम्म सूचना नपाएको भन्दै सूचना प्राप्तिका लागि फेरि पत्राचार गरिएको हो। 

नेपाली कांग्रेस दोगडाकेदार गाउँपालिका समितिको बैठकको निर्णयअनुसार आर्थिक वर्ष २०७४।७५ देखि २०७८।७९ सम्म विनियोजित बजेट, योजना र उपभोक्ता समितिको विवरण माग गरिएको नेपाली कांग्रेस बैतडीका सदस्य केशवराज जोशीले बताए।

दोगडाकेदार गाउँपालिकाले यसअघि पनि सूचना दिन आनाकानी गरेको कांग्रेस दोगडाकेदारका सभापति नन्दराज भट्टको आरोप रहेको छ। विवरण उपलब्ध नगराए विभिन्न आन्दोलनका कार्यक्रम गरिने जनाइएको छ। उक्त पालिकामा एमाले नेतृत्वको सरकार रहेको छ।

Advertisement