August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

सरकारले लगायो १० प्रकारका वस्तु आयातमा प्रतिबन्ध, मोबाइल सेटदेखि मदिरासम्म

काठमाडौं : डलर सञ्चिती निरन्तर घट्दै गएपछि सरकारले १० प्रकारका सामान आयातमा प्रतिबन्ध लगाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना निकालेर मोबाइल सेटदेखि मदिरासम्मको आयातमा रोक लगाएको हो। 

मन्त्रालयका अनुसार कुरकुरे, कुरमुरे, लेज र यस्तै प्रकारका उत्पादन पनि आयात गर्न पाइने छैन। कच्चा पदार्थबाहेक सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, औद्योगिक कच्चा पदार्थबाहेक हिरा, खेल्ने तास, सबै प्रकारका खेलौनाको आयातमा पनि अंकुश लगाइएको छ।

६ सय अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट, ३२ इन्चमाथिको रंगीन टेलिभिजन, एम्बुलेन्स र शवबाहनबाहेक जीप, कार र भ्यान तथा २५० सीसीमाथिका मोटरसाइकलको आयातमा पनि रोक लगाएको मन्त्रालयले जनाएको छ। आयातमा बन्देज लगाइएका सामान कूटनीतिक नियोगले आफ्नो प्रयोजनका लागि आफैंले ल्याउन भने बाधा नपर्ने सूचनामा उल्लेख छ। 

Advertisement

यो प्रतिबन्ध आगामी असार मसान्तसम्म लागू हुने मन्त्रालयले जनाएको छ।