August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

पेट्रोलियमको मूल्यवृद्धिविरुद्ध निगममा धर्ना

काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीको आयोजनामा विभिन्न पार्टीका संगठनहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्धमा र्‍यालीसहित आयल निगम केन्द्रीय कार्यालय टेकुमा धर्ना दिएका छन्।

पटक-पटक भएको मूल्यवृद्धि खारेजको माग गर्दै सोमबार उनीहरूले विरोध धर्ना दिएका हुन्। अखिल क्रान्तिकारीका अध्यक्ष  हरिकृष्ण गजुरेल,अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष ईश्वर तिम्लसिना,अखिल क्रान्तिकारिका उपाअध्यक्ष सिलु न्यौपाने,वैद्यनिकट अखिल महिला संघको काठमाडौं जिल्ला इन्चार्ज सारदा महत,लगायतले विरोध र्‍याली निकालेका हुन्। 

निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोल‚ डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रूपैयाँले बढाएको छ। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २ सय रूपैयाँ बढाएको छ।

Advertisement

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको र त्यसैअनुसार भारतीय आयल नियमले मूल्य बढाएको जनाउँदै निगमले मूल्य बढाएको जनाएको छ। निगमले पटक पटक मूल्य बढाउँदै लगेपछि आम उपभोक्ता मारमा परेका छन्।