August 28, 2026, Friday
२०८३ भाद्र १२
1:37:26 pm

आव ०७९/८० को बजेट : १७ खर्ब ९३ अर्ब ८३ करोड

काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष ०७९/८० का लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट पेश गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आज दुवै सदनको संयुक्त बैठकमा करिब ५ खर्बको घाटा बजेट पेश गरेका हुन्।

अर्थमन्त्री शर्माले चालूतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत र पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१ दशमलव २ प्रतिशत तथा वित्तिय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२ दशमलव ८ प्रतिशतसहितको बजेट पेश गरे।

आम्दानीको पर्याप्त स्रोतबिनै पेश गरिएको यो बजेट ४ खर्ब ९८ अर्ब २६ करोड रूपैयाँको घाटा बजेट हो।

Advertisement

बजेटमा प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत विनियोजन गरिएको छ। बजेटका लागि राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड, वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड रूपैयाँ प्राप्त हुने आँकलन गरिएको छ।

अर्थमन्त्री शर्माका अनुसार बजेट घाटा पूर्तिका लागि २ खर्ब ४२ अर्ब २६ करोड रूपैयाँ वैदेशिक ऋणबाट र २ खर्ब ५६ अर्ब रूपैयाँ आन्तरिक ऋणबाट उठाइनेछ।