August 28, 2026, Friday
२०८३ भाद्र १२
1:37:26 pm

जनार्दनमाथि छानबिन गरिरहेको विषेश समितिको बैठक बस्दै

काठमाडाैं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनब गरिरहेको संसदीय विशेष समितिको बैठक आज बस्दैछ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका शर्मामाथि छानबिन गर्न बनेको समितिले आज अर्थ मन्त्रालयका सहसचिवहरुसँग छलफल गर्नेछ।

यसैबीच समितिले हिजोबाट अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अध्ययन सुरू गरेको छ । शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मूल गेटदेखिका सिसिटिभीका गतिविधिहरूमा विशेष जोड दिएर अध्ययन गरिरहेको बताएको हो ।

समितिका सचिव सुरेन्द्र अर्यालले शनिबार राजश्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गरेको र शनिबार नै अर्थ मन्त्रालयका राजश्व सचिव, अर्थसचिवसँग पनि छलफल गरेका थिए ।

Advertisement

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ।

पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।