August 25, 2026, Tuesday
२०८३ भाद्र १०
1:37:26 pm

करको दरमा छुट दिँदा के आधारमा दिएँ भन्नेबारे स्पष्ट रुपमा संसदमा आउनुपर्छ: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमार्फत दिइएका कर वृद्धि तथा छुटको औचित्य हुनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभामा बजेटमाथि छलफलमा बोल्दै थापाले बजेटमा करका दर हेरफेर गर्न पाइने भए पनि तिनको औचित्य हुनुपर्ने बताएका हुन् ।

थापाले भने, ‘करको दरमा कसैलाई छुट दिँदा छुटको भार कति पर्‍यो, के आधारमा छुट दिएँ भन्नेबारे स्पष्ट रुपमा संसदमा आउनुपर्छ’ थापाले भने ।

उनले बजेटका कतिपय उद्देश्य सही भए पनि कार्यान्वयन प्रत्युत्पादक हुन सक्ने खतरा हुने उल्लेख गर्दै भने, ‘बजेटबाट आलु, प्याजमा भ्याट लगाउँदा किसानले मूल्य पाउने वा स्वदेशी उत्पादनले बजार पाउने लक्ष्य होला, तर भोलि किसानले बजार पनि नपाउने र उपभोक्ताको भान्सा पनि महँगिने अवस्था आयो भने थप प्रत्युत्पादक हुन्छ ।’

Advertisement

बजेटको आकारसँगै राजस्व लक्ष्य अवास्तविक रहेको मानेर कार्यन्वयन सुरु गरे सजिलो हुने बताए । उनले भने, ‘कार्यान्वयन गरेर परिणाम ल्याउने हो भने बजेटको आकार अवास्तविक छ भन्ने मानेर बजेट कार्यान्वयन गर्न सुरु गरियो भने बजेट कार्यान्वयन गर्न सुरु गरियो भने बजेटका अपेक्षा कार्यान्वयन गर्न सजिलो हुन्छ ।’

उनले बजेटको आकारजस्तै राजस्वको लक्ष्य पनि आगामी वर्ष भेट्न सक्ने अवस्था नरहेको बताए । ‘यो आर्थिक वर्षमा जसरी राजस्व उठिरहेको छ, जुन संशोधन गरेपछिको पनि भेट्दैन, अब रातारात हाम्रो आर्थिक व्यवहारमा के परिवर्तन हुनेछ ?’