August 25, 2026, Tuesday
२०८३ भाद्र ९
1:37:26 pm

बुध्द एयरको एटीआर–७२ जहाज औपचारिक रुपमा विदाइ

२०८२ फाल्गुन २८

काठमाडौं । बुध्द एयरले कल साईन ९एन–एजेओ रहेको एटीआर–७२ जहाजलाई औपचारिक रुपमा विदाइ गरेको छ ।

जहाजको पूर्ण क्षमता सञ्चालनपछि जहाजको विदाई गरिएको हो । एक उडान र एक अवतरणलाई जनाउने एटीआर–७२ जहाजको अधिक्तम उडान क्षमता ७२,००० साईकल थियो ।

यो जहाज २ जुलाई २०१० देखि व्यवसायिक उडानमा संलग्न थियो । यसको अन्तिम उडान ९ मार्च २०२६ मा भैरहवाबाट–काठमाडौंसम्म गरिएको थियो । १६ वर्षे उडान अवधिभर यस जहाजले २४ लाख ८२ हजार ७ सय बहत्तर जना यात्रु बोकेको थियो ।

Advertisement