August 26, 2026, Wednesday
२०८३ भाद्र ११
1:37:26 pm

आजको संसद बैठकमा बजेटमाथि छलफल र अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे संसद् भवन सिंहरबारमा बस्ने बैठकको सुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा सदनसमक्ष पढेर सुनाउने छन् भने कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरिएको बेहोरा पनि जानकारी गराउनेछन् ।

यसैगरी, सभामुखले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रिय सभाबाट तोकिएको अवधिभित्र फिर्ता नभएको सम्बन्धी जानकारी पनि सदनलाई दिने कार्यसूची रहेको छ ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउनेछन् भने चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

Advertisement

साथै आगामी आर्थिक वर्षको आर्थिक कार्ययोजनालाई अगाडि बढाउन अर्थमन्त्री डा. वाग्लेले विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बैठकको अन्त्यतिर बजेटमाथि यसअघि भएका विभिन्न छलफलका क्रममा माननीय सांसदहरूले उठाएका प्रश्न, जिज्ञासा र सुझावहरूको संसद्मा अर्थमन्त्रीले आधिकारिक जवाफ दिने कार्यसूची समेत तय गरिएको छ ।