
२५ मार्च, हङकङ । नेपाल चेम्बर अफ कमर्स हङकङको १८औँ वार्षिकोत्सव समारोह जोर्डनस्थित एभरेस्ट रेस्टुरेन्टमा भव्यकासाथ सम्पन्न भएको छ ।
उक्त चेम्बरका अध्यक्ष शशिमदन राईको अध्यक्षता र यहाँस्थित नेपाली महावाणिज्यदूत डा. बिन्देश्वर प्रसाद लेखकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समारोहमा याउ ची मङ डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङको विशेष आतिथ्यता रहेको थियो ।
मञ्चमा आसिन अन्य आमन्त्रित अतिथिहरूमा हङकङमा नेपालका पर्यटन प्रवद्र्धक प्रकाश पुन, महिला आयोग एचकेसारकी सदस्य रिता गुरुङ, गैर आवासीय नेपाली सङ्घकी अध्यक्ष अनु राई, अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघकी अध्यक्ष सोयेना ढकाल र नेपाली महासङ्घका प्रतिनिधि भावेन्द्र थाम्सुहाङ रहेका थिए। त्यसैगरी संस्थापक सदस्य र पूर्व उपाध्यक्ष कमल प्रसाद पौडेल, संस्थापक÷सल्लाहकारहरु कुलप्रसाद गुरुङ, राम ली थुलुङ, नेपाल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज, नेपालका प्रतिनिधि र नेपच्यामएचकेका सल्लाहकार कृष्ण पाण्डे, पूर्व कार्यकारी समिति सदस्य रामजी घिमिरे, शिव कुमार साह, संरक्षक श्री दासु राम पराजुली, सल्लाहकार धर्म कुमार गुरुङ, इन्द्र वनेम, गोकर्ण ढकाल, हेम लिम्बु, राजेन्द्र श्रेष्ठ, निवर्तमान अध्यक्ष लवकुमार गुरुङ र दीर्घकालीन सदस्य राजेश भीमसरिया लगायत चेम्बर सम्बद्ध विशेष व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो। सो कार्यक्रममा हङकङेली नेपाली समाजको विभिन्न क्षेत्रका नेतृत्वदायी व्यक्तित्वहरु टंक राना,कविता गुरुङ, इन्द्रर पुन,सत्या गहत्राजलगायतका व्यक्तित्वहरूको पनि आतिथ्यतापूर्ण उपस्थिति रहेको थियो ।


उद्घाटन सत्रमा नेपाली राष्ट्रिय गान बजाइनुकासाथै प्रमुख अतिथि लेखक र अध्यक्ष राईले पानसमा बत्ती प्रज्वलन गरी केक काटेर वार्षिकोत्सवको औपचारिक शुभारम्भ गरेका थिए भने चेम्बरका प्रथम उपाध्यक्ष धिराजकुमार साम्पाङले स्वागत मन्तव्य राखेका थिए।
उक्त कार्यक्रमको दोस्रो चरणमा विभिन्न पाँच विधामा उद्यमीहरूलाई पुरस्कृत गरिएको थियो । जसअनुसार
एभरेष्ट रेस्टुरेन्ट एण्ड बार सञ्चालक समितिका अध्यक्ष बसन्त (विपिन) राई ’बेष्ट जेनेरल मेम्बर’, शेक्यू एकेडेमी निर्देशक मनोज गौतम ’बेष्ट एक्जुकेटिभ मेम्बर’, न्यू योर्स शपका सञ्चालक धर्मकुमार गुरुङ ’बेष्ट अडभाजर’ स्टारिङ बिजनेस सर्भिसेज लिमिटेडकी निर्देशक सुक यिङ लाम ‘बेष्ट प्रोफेसनल सर्भिस’ र एजी एक्सप्रेसका निर्देशक तुलसी उप्रेतीलाई ’बेष्ट विजिनेस ओर्गानाइजेसन’ अवार्डबाट पुरस्कृत गरिएको थियो ।
चेम्बरका उपाध्यक्ष प्रदिप कन्दङ्वाले मञ्चबाट पुरस्कृत व्यक्तित्वहरूको नाम घोषणा गरिरहँदा तुलसी उप्रेती अनुपस्थित थिए भने अस्वस्थताको कारणले अनुपस्थित बसन्त (विपिन) राईको अवार्ड सोही रेस्टुरेन्टका अर्का सदस्य हेमराज राईले पुरस्कार ग्रहण गरेका थिए ।


उक्त विशेष समारोहमा चेम्बरको सहयोगी संस्था रुपमा एनआरएनए हङकङ, दीर्घकालीन सहकार्यका लागि फिने हङकङलाई युवा संलग्नता तथा कार्यक्रम सहकार्यकालागि ’मायाको चिनो’सहित सम्मान गरिएको थियो।त्यस्तै महिला तथा विशिष्ट व्यक्तित्वअन्तर्गत एनआरएनए ग्लोबलकी निर्वाचित महिला उपाध्यक्ष टीका (राधिका) गुरुङ, एनआरएनए आइसीसीकी दोस्रो पुस्ता संयोजक दीप माला ढकाल र डिजिटल उद्यमी पबी बान्तवा राईलाई विशेष सम्मान गरिएको थियो । यसैगरी, चेम्बरका दीर्घकालीन सदस्य तथा सल्लाहकार श्राजेश भिमसरिया र एफएनसीसीआईका मानार्थ प्रतिनिधि तथा नेपच्यामका संस्थापक सल्लाहकार श्री कृष्ण पाण्डेलाई विशेष प्रशंसापत्र प्रदान गरिएको थियो।
उक्त समारोहका प्रमुख अतिथि तथा महावाणिज्यदूत डा. बिन्देश्वर प्रसाद लेखकले नेपाल सरकारको तर्फबाट शुभकामना दिँदै हङकङमा रहेका नेपाली व्यवसायी तथा उद्यमीहरूको मेहनत, लगनशीलता र संस्थागत एकताको प्रशंसा गरेका थिए। यसकासाथै, नेपाल चेम्बर अफ कमर्सले हङकङ–नेपाल व्यापारिक सम्बन्ध विस्तारमा पुर्याएको योगदानको मूल्यांकन गर्दै आगामी दिनमा थप सहकार्य र उद्यमशीलताको विकासमा चेम्बरको भूमिका महत्वपूर्ण रहने बताएका थिए ।
उक्त कार्यक्रमको उद्घोषण अमर पाख्रिन र तिर्सना राईले गरेका थिए।
स्मरण रहोस्– नेपाल चेम्बर अफ कमर्स हङकङको विधानतः महावाणिज्यदूत चेम्बरको प्रमुख संरक्षक रहने व्यवस्था छ।


