November 7, 2026, Saturday
२०८३ कार्तिक २२
1:37:26 pm

मलेसियामा पनि शुरु भयो कोरोनाविरुद्धको खोप

२०७७ फाल्गुन १४

काठमाडौँ – मलेसियामा पनि फाइजर बायोएनटेकले कम्पनीले उत्पादन कोरोनाविरूद्धको खोप शुरू भएको छ ।

खोप पहिलो डोज लगाउदै मलेसियाका प्रधानमन्त्री हियाद्दिन यासिनले सबैलाई कोरोनाविरूद्धको खोप लगाउन आह्वान गर्दै आफूलाई खोप लगाएको बेलामा कुनै अप्ठ्यारो नभएको भन्दै कसैलाई पनि नआत्तिन र स्वाभाविक रुपमा खोप लगाउन अनुरोध गरेका छन् ।

प्रधानमन्त्रीसँगै स्वास्थ्य मन्त्रालयका निर्देशक डाक्टर नुर हिसाम अब्दुलाह तथा स्वास्थ्य मन्त्रालयका अन्य कर्मचारीहरुले पनि खोपको पहिलो डोज लगाएका छन्।

Advertisement

मलेसियाले नेपालीसहित अन्य विदेशी श्रमिकहरुलाई कोरोनाविरुद्दको खोप निःशुल्क रुपमा उपलब्ध गराउने जनाएको छ । यो खोप त्यहाँ अबैधानिक तरिकाले बसेकालाई पनि उपलब्ध हुनेछ ।