August 28, 2026, Friday
२०८३ भाद्र १३
1:37:26 pm

युक्रेनको प्रधानमन्त्री कार्यालयमै रूसको हवाई आक्रमण

रूसले युक्रेनको राजधानी र अरू सहरहरूमा सरकारी भवनहरूलाई लक्ष्य गरी हवाई हमला गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूकाअनुसार शनिबार रूसले गरेको आक्रमण अहिलेसम्मकै ठूलो हवाई हमला हो ।

युक्रेनको वायु सेनाका अनुसार यो आक्रमण अहिलेसम्मकै ठूलो हवाई हमला हो । जसमा ८१० वटा ड्रोन, चारवटा ब्यालिस्टिक मिसाइल र ९ वटा क्रुज मिसाइल प्रहार गरेको थियो । शनिबार राति रूसले ५४ ड्रोन र ९ वटा मिसाइलले युक्रेनका विभिन्न स्थानमा आक्रमण गरेको बताइएको छ ।

अधिकांश ड्रोन र मिसाइललाई युक्रेनको हवाई रक्षा प्रणालीले खसाले अन्तराष्ट्रिय समाचछारहरुले उल्लेख गरेको छ । रूसले पहिलोपटक युक्रेनको सरकारी भवनलाई निशाना बनाएको बताइएको छ ।

Advertisement

कुन–कुन भवनमा लक्ष्य गरेको भनेर नखुलाए पनि विभिन्न सरकारी भवनहरूमा क्षति पुगेको भनिएको छ ।