बाँके । मुगुका सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । नेकपा एमालेका नेता बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् ।
सांसद बानियाँले आफूलाई नेपालगञ्जको अप्सरा होटलमा दुईपटक बलात्कार गरेको आरोप लगाउँदै शाही थरकी शिक्षिकाले जिल्ला प्रहरी कार्यालय बाँकेमा सोमबार जाहेरी दिएकी छिन् । उनले दिएको जाहेरी दर्ता भने भइसकेको छैन ।
जाहेरीमा माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाँले बलात्कार गरेको आरोप लागाइएको छ । स्रोतका अनुसार ती शिक्षिका र सांसद बानियाँबीच लेनदेनको बिषयसमेत रहेको बुझिएको छ ।
उक्त घटनाका बारेमा अनुसन्धान थालिएको र आज (मंगलबार) यस बारेमा अरू प्रक्रिया अघि बढ्ने प्रहरीले बताए ।
प्रहरीका अनुसार त्यो रात सांसदले दुईपटक कण्डम लगाएर बलात्कार गरेको शिक्षिकाको दाबी छ । महिलाको स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकी छ । बानियाँले भने महिलाले नभएको कुरा गरेको बताएका छन् ।