August 28, 2026, Friday
२०८३ भाद्र १२
1:37:26 pm

अधिकार खोस्नुपर्छ बाँचनु छ भने

डा. रामेश्वरअधिकारी

मृतकहरुको जीवन (स्थल)मा
जीवित भई देखाईदेउ
लाशैलाशको क्रिडा स्थलमा
प्राण – संचारदर्शाईदेउ।

दुस्खदर्दको यस जीवनमा
बहार बनी मुश्काईदेउ
आँशु आँशुको पोखरीले
मरुभूमि सिंचीदेउ।

Advertisement

कसको लागि बाँचौ भन्ने
प्रश्नै तिम्रो बेकारछ
जीउने गर अरुकालागि
सहारा यहाँअपारछ।

अमूल्य यो जीवनलाई
निराशाले छोपने होइन
अधिकार हो बाचने तिम्रो
कसैको प्रतिदान होइन।

लक्ष रोजी एउटाआफ्नो
तिमि अघिबढ्दै जाउ
अस्तित्वको जगेर्नामा
ज्यानको बाजी लगाईदेउ।

२०३५-०१-१४
धरान
संयुक्तराज्य अमेरिकाको हार्वार्ड विश्वबिद्यालयबाट कानून संकायमा स्नातकोत्तर र एरिजोना ज्य विश्वबिद्यालयबाट विद्यावारिधि प्राप्त गर्नुभएका डा. अधिकारी हाल एरिजोना राज्यमा कानूनीविश्लेषकको हैसियतमा कार्यरत हुनुहुन्छ.