पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)की बाेर्ड अफ ट्रस्टी आख्यानकार विन्द्या सुब्बालाई पोखरामा सम्मान गरिएको छ । दार्जीलिङ, भारतबाट पोखरामा आएकी उनलाई
पृथ्वीनारायण क्याम्पस नेपाली विभागले स्वागत सम्मान गरेको हो ।
उक्त अवसरमा पृथ्वीनारायण क्याम्पस नेपाली विभागकाे विभागीय पुस्तकालयमा सुब्बाले पुस्तक हस्तान्तरण गरेकी थिइन् ।
कार्यक्रममा आफ्नो कुरा राख्दै सुब्बाले जीवनमा सुखदुख जे प्राप्त हुन्छ त्यसलाई खुसिसाथ ग्रहण गर्दा जीवनमा शान्ति प्राप्त हुने बताईन्
वरिष्ठ कथाकार सुब्बाका कथाक्रम (१९८४), हस्पिस (२००३), शीतलहर (२०१३) कथाकृतिहरुलगायत दर्जनौं कृतिहरु प्रकाशित रहेका छन् । सुब्बाले मैनाली कथा पुरस्कार, दियालो, अगमसिह गिरी, साहित्य अकादमी, अनेसास विशिस्ट सम्मानलगायत अनेकौं पुरस्कार र सम्मान प्राप्त गरिसकेकी छिन्।
सो कार्यक्रम नेपाली विभागका विभागीय प्रमुख डा. यमनाथ तिमिल्सिनाको अध्यक्ष्यतामा सम्पन्न भएकाे थियो । कार्यक्रममा शब्द तथा खादाका माध्यमबाट डा. तिमिल्सिनाले स्वागत गरेका थिए ।
वरिष्ठ आख्यानकार विन्द्या सुब्बाकाे साहित्यक याेगदानका बारेमा वरिष्ठ संस्कृतिविद् प्रा.डा. कुसुमाकर न्याैपानेले प्रकाश पारेका थिए।
कार्यक्रममा डा. पूण्यप्रसाद शर्मा, डा. श्रीधर न्याैपाने, उपप्राध्यापक निर्मल सापकोटा लगायत प्राध्यापक तथा विद्यार्थीहरूकाे उपस्थिति रहेकमे थियाे ।