November 7, 2026, Saturday
२०८३ कार्तिक २२
1:37:26 pm

जलकार राहुल शंकरकृत गजल सङ्ग्रह ‘नयाँ अध्याय’ लोकार्पण

गकाठमाडौं । जलकार राहुल शंकरकृत गजल सङ्ग्रह ‘नयाँ अध्याय’ लोकार्पण भएको छ । शनिबार सर्वनाम थिएटरमा एक कार्यक्रमको आयोजना गरी कृति लोकार्पण गरिएको हो ।

‘द मार्जिन’ले प्रकाशनमा ल्याएको उक्त कृतिलाई वक्ताद्वय लेखक तथा निर्देशक प्रकाश आङ्देम्बे, गजलकार तथा गीतकार शितल कादम्बिनी, कृतिका लेखक गजलकार राहुल शंकर र प्रकाशक निशेष आङ्देम्बेले लोकार्पण गरेका थिए ।

नागरिकता बोक्नेहरुले हाँस्दै देश छोडेको र नागरिकता नहुनेहरुले रुँदै देश छोडेको प्रसंग जोड्दै कृतिका लेखक राहुल शंकरमा देशभक्त भावना र उनका सिर्जनाहरू साँच्चिकै देशप्रेमले ओतप्रोत भएको वक्ता प्रकाश आङ्देम्बेले बताए ।

Advertisement

त्यसैगरी कृतिमाथि बोल्दै अर्का वक्ता शितल कादम्बिनीले राहुलका गजलहरू समकालीन नेपाली गजलको दुनियाँमा एक उत्कृष्ट गजल कृतिको रुपमा प्रकाशित भएको बताईन्।

कवि तथा गजलकार बाबु त्रिपाठीको सहजीकरणमा सम्पन्न विमोचन कार्यक्रममा उक्त कृतिबाट कवि प्रज्वल अधिकारी र गजलकार तथा कलाकार संगीता थापाले गजल वाचन गरेका थिए ।