November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

साहित्यकार राधेश्याम लेकाली सम्मानित

काठमाडौं । नोबेल साकोस साहित्य संस्थाले साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीलाई सम्मान गरेको छ । संस्थाका संस्थापक सदस्य रोहित कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा लेकालीलाई सम्मान गरिएको हो ।

उनलाई सभापति कार्की, विशिष्ट अतिथिहरू डा. दामोदर पुडासैनी, पुष्प रञ्जित लगायतले दोसल्ला ओढाई सम्मानपत्र सहित सम्मान गरेका थिए ।

सोही कार्यक्रममा कवि गीता अर्यालको कवितासङ्ग्रह ‘पर्खाल भित्रको जून’को लोकार्पण गरिएको छ । सो कृतिलाई प्रमुख अतिथि लेकालीसहितका अतिथिहरूले लोकार्पण गरेका हुन् ।

Advertisement

नोबेल साकोस साहित्य संस्थाका अध्यक्ष राजनप्रसाद न्यौपानेको सक्रिय व्यवस्थापनमा आयोजित सो कार्यक्रममा सम्मानित व्यक्तित्व र लोकार्पित कृतिको बारे वरिष्ठ समालोचक प्रा.डा. श्री गोविन्दमान सिंह कार्कीले प्रकाश पारेका थिए ।

संस्थापक सदस्य सूर्य तामाङको स्वागत गरेको सो कार्यक्रममा बिष्णु गुरूङले देशभक्ति गीत गाएका थिए भने साहित्यकारहरु डा. दामोदर पुडासैनी, पुष्प रञ्जित, देवी पन्थी, गीता अर्याल, कविराज घिमिरे, निर्मलरमण पराजुली, पुष्प लुईंटेल, शम्भु गजुरेल, मीना अर्याल, द्वारिका कुईंकेल, सानु शर्मा, चन्द्रा नेउपाने लगायतले आ–आफ्नो मन्तव्य र कविता वाचन गरेका थिए ।

सोही कार्यक्रममा साहित्यिक योगदान पु¥याए बापत सर्जकहरू एञ्जेलिना न्यौपाने, सुरेशचन्द्र घिमिरे, सुनिता बराल, कविराज घिमिरे र दलबहादुर नेपालीसमेत सम्मानित भएका थिए ।

कार्यक्रममा अतिथिहरूलाई संस्थाको तर्फबाट ‘मायाको चिनो’ प्रदान गरिएको थियो ।