November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

यस वर्षको स्वर्णिम साहित्य पुरस्कार रेखा सुवेदी र सम्मान शरणकुमार राईलाई

धरान। यो वर्षको स्वर्णिम साहित्य पुरस्कार बेलबारीका कवि रेखा सुवेदीलाई प्रदान गरिने भएको छ भने धरानका साहित्यकार शरण राईलाई सम्मान गरिने भएको छ ।

स्वर्णिम साहित्य समाजको अफिसियल पेजमार्फत प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो।

कवि रेखा सुवेदीको ‘नयाँ अनुहार’ कविता कृति प्रकाशित छ । उनी निरन्तर साहित्य कर्ममा समर्पित छिन् ।

Advertisement

यस्तै साहित्यकार शरणकुमार राई साहित्यका विविध विधामा कलम चलाउदै आएका छन् । राईका ‘ओइलिने फूल’, ‘मानव संसार’, ‘अन्तिम स्विकारोक्ती’ लगायतका दर्जनौं कृतिहरू प्रकाशित छन् ।

स्वर्णिम साहित्य आमाजले आफ्नो स्थापना दिवश तथा नयाँ वर्षको अवसरमा हरेक वर्ष प्रदान गर्ने यो पुरस्कार तथा सम्मान यस अघि पुरस्कारतर्फ लेखक रामकुमार तिवारी, साहित्यकार सगुन सुसारा र सम्मान तर्फ बराहक्षेत्रका साहित्य प्रवर्धक रुद्र दाहाल र अग्रज साहित्यकार मान बज्राचार्यलाई समर्पण गरेको थियो।

पुरस्कार तथा सम्मान समितिका प्रमुख प्रकाश दिप्साली राईद्वारा हस्ताक्षर गरिएको विज्ञप्ति अनुसार उक्त कार्यक्रम आगामी वैशाख २६ गते शनिबारका दिन सो पुरस्कार तथा समर्पण गरिने छ ।

यस्तै पुरस्कारको राशि नगद रु. ५० हजार र सम्मानको राशि नगद रु. १० हजार रहेको स्वर्णिम साहित्य समाजका अध्यक्ष शरणकुमार लिम्बुले बताए ।