विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले चर्चित साहित्यकार तथा धरान नगरपालिकाका भूतपूर्व मेयर बम देवानलाई धनाहाङ्मा भैरव राई स्मृति अभिनन्दन गरेका छन् ।
भानुसाझा पुस्तकालय, सुन्दर हरैचा ५ तीनपैनी मोरङद्वारा आयोजित अभिनन्दन समरोहमा माननीय प्रदेश प्रमुखज्युले देवानलाई ताम्रपत्र र दोसल्लाले अभिनन्दन गरेका हुन् ।
त्यसैगरी रुपैयाँ ३५ हजार ५ सय ५५ रुपैया धनाहाङ्मा भैरव राई स्मृती पुरस्कार पनि देवानलाई प्रदान गरिएको थियो । स्मृति कोषका जीवन राईले सो रकम हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाई, साहित्यकार मनु मन्जिललगायतले बोल्नुहुँदै कवि बम देवानको व्यक्तित्वमाथी प्रकाश पारेका थिए ।