November 8, 2026, Sunday
२०८३ कार्तिक २३
1:37:26 pm

‘प्याब्सन बराहक्षेत्र स्कुलमा कविता सिजन -३’ को फाइनलिष्ट निर्णायक सार्वजनिक

धरान। तेस्रो संस्करणको प्याब्सन बराहक्षेत्र स्कुलमा कविता सिजन-३ को फाइनलको निम्ति निर्णायकहरु आज सार्वजनिक गरिएको छ ।

स्वर्णिम साहित्य समाजको आधिकारिक अफिसियल फेसबुक पेजमार्फत आज फाइनलिष्ट निर्णायकहरु सार्वजनिक गरिएको हो ।

अडिसन राउण्डहरु सम्पन्न गरिसकेकाले फाइनलिष्ट निर्णायकहरु छुट्टै चयन गर्दै आएको छ । सोही क्रममा यो संस्करणका निम्ति कवि याक्दुहाङ धिरज, (बिराटनगर) कवि तथा समालोचक डा.अस्मिता विष्ट (धरान) र कवि एकु घिमिरे (इलाम) लाई चयन गरिएको समाजले बताएको छ ।

Advertisement

गत माघ १० गतेबाट सुरु भएको अडिसनहरुबाट उत्कृष्ट १० बाल कविहरु छनोट भैसकेका छन् । फाइनलमा उनीहरुले फाइनलमा लाइभ (प्रत्यक्ष) कविता लेख्नेछन् । फाइनल भने आगामी चैत्र -२८ गते बराहक्षेत्र -५ वडाको सभाहलमा हुनेछ ।