July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

प्रधानमन्त्री ओलीलाई भेट्न विप्लव पुगे बालुवाटार

२०७७ फाल्गुन २१

काठमाडौं –  नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

नवलपरासीबाट काठमाडौं आएका विप्लव सोझै बालुवाटार पुगको स्रोतले जनाएको छ। विप्लवसँगै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। 

प्रधानमन्त्री ओली र विप्लवबीच भावी राजनीतिक रणनीतिबारे छलफल हुने स्रोत बताउँछ।  सरकार र विप्लव समूहबीच बिहीबार मात्रै तीन बुँदे सहमतिमार्फत शान्ति वार्ता सफल भएको घोषणा गरिएको थियो।

Advertisement

उक्त सहमतिबारे विस्तृत विवरण आज दिउँसो सार्वजनिक गर्ने तयारी छ।