November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

नेकपालाई कमजोर बनाउन अदालतको प्रयोग गरिएको भन्दै प्रतिरोध गर्ने तयारीमा विप्लव

काठमाडौं। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेकपालाई कमजोर बनाउन दलाल पुँजीवादीले अदालतको प्रयोग गरेकाले त्यसको सशक्त प्रतिरोध गर्ने निर्णय गरेको छ । मंगलबारदेखि सुरु भएको पार्टीको बैठकले विभिन्न धम्की आइरहेको भन्दै त्यसकाविरूद्ध सशक्त प्रतिरोध गर्ने निर्णय गरेको हो ।

दलाल पुँजीवादी शक्तिहरूले संसद्मा आउने  विश्वास गरेको तर उनीहरूको आग्रह हामीले नमाने पछि पार्टीलाई विभिन्न धम्की आइरहेको भन्दै पार्टीले त्यसकाविरूद्ध सशक्त प्रतिरोध गर्ने निर्णय गरिएको एक पदाधिकारीले जानकारी दिए ।

कपिलवस्तुस्थित शिवगढीमा सोमबार दिउँसो २ बजे सुरु भएको बैठक २ घण्टा बसेर स्थगित भएको थियो । मंगलबार सुरु भएको बैठकमा महासचिव विप्लवले ‘विशेष परिस्थितिको विशेष कार्यभार, दृढताका साथ पुरा गरौँ’ शीर्षकको राजनीतिक र सांगठनिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि सुझावका लागि विप्लवले पोलिटब्युरो बैठक बोलाएका थिए । बिहानसम्म पोलिटब्युरो सदस्यहरूले प्रतिवेदनमाथि आ–आफ्ना धारणा राख्ने क्रम सकिएको छ ।

Advertisement

विप्लवको प्रतिवेदनमाथि मंगरबार केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी रहेको छ । बैठक भोलिसम्म चल्न सक्ने जनाइएको छ ।

कात्तिक १८ गते जिल्ला अदालत काठमाडौँले विप्लवसहितका शीर्ष नेताहरूविरूद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेपश्चात् आक्रोशित नेकपाका कार्यकर्ताहरू न्यायपालिका र न्यायाधीशविरुद्ध यसअघि आन्दोलन गरेको छ ।