November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

चाक्सीबारीमा कांग्रेस पौडेल पक्षको वैठक

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक आज (मंगलबार) बस्दै छ । वरिष्ठ नेता रामचन्द्र पौडेलको अगुवाईमा संस्थापन इतर समूहका नेताहरु ठमेलको चाक्सीबारीस्थित केन्द्रीय सदस्य प्रकाशमान सिंह निवासमा भेला हुन लागेका हुन् ।

बैठक दिउँसो २ बजेका लागि बोलाइएको चाक्सीबारी स्रोतले जानकारी दिएको छ । बैठकमा पार्टीको आसन्न १४औं महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा क्रियाशील सदस्यता तथा यसअघि स्थगित भएको तल्लो तहको अधिवेशनको विषयमा समेत छलफल हुने स्रोतले जनाइएको छ । त्यस्तै सरकारमा सहभागिताका बारेमा पनि बैठकमा छलफल हुने एक नेताले जानकारी दिए ।

Advertisement

यसअघि साउन १६ गते चाक्सीबारीमै उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता सिंहबीच छलफल भएको थियो । छलफलले महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने निष्कर्ष निकालेको थियो ।