November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

बुटवलको तिनाउ नदिको किनारमा बेवारिसे शव फेला

बुटवल । बुटवलको तिनाउ नदिको किनारमा वेवारिसे शव फेला परेको छ । आज बिहानै फेला परेको उक्त शवको पहिचान खुल्न सकेको छैन ।

बुटवलको ११ तिनाउ नदिमा पहिचान खुल्न नसकेको व्यक्तिको शव स्थानीयले देखेपछि उनिहरुले जनप्रतिनिधिहरूलाई खबर गरेका थिए । घटनाको खबर पाउने वित्तिकै जनप्रतिनिधीहरु घटनास्थल पुगेका थिए ।

शव अस्पताल पठाउने क्रममा

अन्दाजी २५÷२६ वर्षको देखिने उक्त व्यक्तिको शब अहिले लुम्बिनी अञ्चल अस्पतालमा लगिएको स्थानीयले बताए ।

Advertisement

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।