November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

तीन महिना भित्र गौतमबुद्ध विमानस्थल उद्‌घाटन गर्ने मन्त्री आलेको घोषणा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आगामी तीन महिना भित्र गौतमबुद्ध विमानस्थल उद्‌घाटन गर्ने घोषणा गरेका छन् ।

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औं वार्षिकोत्सबका अवसरमा बोल्दै उक्त घोषणा गरेका हुन् ।

भारतल भैरहवा रुट दिन आनाकानी गरेको बताउदै यसलाई छिट्टै टुङ्ग्याइने मन्त्री आलेले बताए ।

Advertisement

मन्त्री आलेले युरोपेली युनियनको कालोसूचीबाट हट्ने गरी काम गर्न समेत निर्देशन दिए ।

त्यस्तै नेपाल वायुसेवा निगमलाई जहाज खरिदको प्रक्रिया अगाडि बढाउन आफूले निर्देशन दिएको पनि मन्त्री आलेले जानकारी दिए ।