भोजपुर । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ कानेपोखरी गाउँपालिका घर भएका ३४ वर्षीय धन बहादुर बिष्ट रहेका छन् ।
प्रहरीका अनुसार भोजपुर षडानन्नद नगरपालिकास्थित खेतमा ती बालिकालाई बिहीबार धनबहादुरले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएको थियो ।
अभियुक्तलाई शनिबार बिहान पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।