काठमाडौं । नेपाली कामदार भर्ना लिने स्थानीय कम्पनीका प्रतिनिधि (मानव संसाधन प्रबन्धक÷प्रतिनिधि) तथा नेपाली राजदूतावासका पदाधिकारीबीच हिजो मिति २०७८।०९।२४ मा दूतावासको सभाकक्षमा नेपाली कामदार र कम्पनीबीचको सम्बन्धबारे एक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
उक्त छलफल कार्यक्रमलाई सम्बोधन गर्दै कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले कम्पनीहरूले विशेषतः चुनौतिपूर्ण तथा जोखिमयुक्त कार्यहरूमा खटाउनुपूर्व कार्यस्थलमा विशेष निरोधात्मक सुरक्षा व्यवस्था अपनाउनुपर्ने, कामदारको तलब–भत्ता लगायतका सुविधाहरू तोकिएको समयमा दिनुपर्ने, कामदार र कम्पनीबीच सम्पन्न करार पत्रमा उल्लेख भएका कुराहरूको इमान्दारीपूर्वक पालना गर्नुपर्ने, आवास, खानाको उचित प्रवन्ध सहित कामदारप्रति कम्पनी व्यवस्थापनले उचित व्यवहार र सम्मान गर्नुपर्ने, कामदार भर्ना लिनुपूर्व कम्पनीहरूले कामको प्रकृति, आवश्यक जनशक्ति, सेवासुविधा लगायतका विषयमा च्भअचगष्तmभलत ब्नभलअष्भक (भर्ती एजेन्सीहरू)सँग सोझै छलफल गरी स्पष्ट पार्नुपर्ने विषयमा जोड दिए ।
कामदार भनेका कम्पनीका इन्जिन हुन् । रोजगारदाता कम्पनीको मेरूदण्डको रूपमा रहेका कामदार र कम्पनी व्यवस्थापनबीचको सुमधुर सम्बन्धबाट कम्पनीको प्रभावकारीता बढ्ने, बढी उपलब्धी हासिल हुने भएकोले असल श्रम सम्बन्धको थप विकासका लागि कम्पनीको तर्फबाट विशेष सक्रियता देखाउनुपर्ने राजदूत भण्डारीले स्पष्ट पारे ।

कामदार र कम्पनीबीच सम्बन्ध विकासमा दूतावासले गर्दै अएको क्रियाकलापबारे पनि प्रकाश पारे । राजदूत भण्डारीले कामदारलाई कुवेत आएपश्चात कार्यस्थलमा खटाउनुपूर्व काम, यहाँको रितिथिति, स्थानीय कानूनी व्यवस्थाको सामान्य ज्ञान, गर्न हुने–नहुने कामका बारे जानकारी दिन आगमन पश्चातको अभिमूखिकरण (पोस्ट–आगमन अभिविन्यास) को व्यवस्था गर्न कम्पनी प्रतिनिधिहरूलाई सुझाव दिंदै त्यसका लागि कम्पनीले चाहेमा दूतावासले कम्पनीलाई आवश्यक सहयोग गर्न सक्ने कुरा बताए ।
कार्यक्रममा श्रम सहचारी हेमकुमार अधिकारीले मागपत्र प्रमाणीकरण प्रक्रियामा गर्नुपर्ने कार्य बारे जानकारी दिए भने दूतावासका मिनिष्टर काउन्सेलर प्रकाशमणी पौडेलले उपस्थित सबैको स्वागत पारेका थिए । कार्यक्रममा दूतावासका द्वितीय सचिव जानकी ओझाले संचालन गरेका थिए ।
उक्त कार्यक्रममा सहभागीका तर्फबाट समेत नेपाली कामदारको प्रशंसा गर्दै उनीहरूलाई कम्पनीको तर्फबाट दिने तलब, सुविधा लगायत सुरक्षा आदिबारे वक्ताहरूले प्रतिवद्धता व्यक्त गरेका थिए ।