November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

‘थातथलो अभियान पौडेल प्रतिष्ठान नेपाल’ को अध्यक्षमा गणेशप्रसाद पौडेल

ताप्लेजुङ । समाजसेवा गर्ने उदेश्यले पौडेल समाजले ‘थातथलो अभियान पौडेल प्रतिष्ठान नेपाल’ नामक संस्था स्थापना गराएको छ । प्रणेता गणेशप्रसाद पौडेलको पहलमा सामाजिक सेवाको लागि सुरुमखिम, ताप्लेजुङमा सस्थाको स्थापना गरिएको हो ।

माघ ३ गते दर्ता भै ५ गते शुभ जन्मोत्सवको अवसरमा सस्थाका अध्यक्ष पौडेलले करिब ५ लाख ५५ हजार मूल्य बराबरकोे ५ रोपनी जग्गा प्रदान गरेका छन् । त्यस्तै रू. ६२ हजार ६२२ नगद संस्थाको खातामा जम्मा गर्ने गरिदिएका छन् ।

संस्थाकै लागि फुर्बा दोर्जे तामाङ्ग र तिलबहादुर तामाङ्ग्ले पनि सुरुमखिमको ठोट्नेमा प्रति रोपनी १ लाख १० हजार पर्ने मूल्य बराबरको १/१ रापनी जग्गा दान गरेका छन् । त्यस्तै, सिदिङ्ग्वा ३ का समाजसेवी दिपक साम्पाङको सुपुत्र युके निवासी सुमन साम्पाङ राईले पनि आफ्नो जन्मदिनको अवसरमा नगद रू. २ हजार २२२ प्रदान गरेका छन् ।

Advertisement

सिदिङ्वा धाम

धनकुटा र तेह्रथुम जिल्लाको सिमानामा पर्ने फुलेकमारेकबाट ताप्लेजुङको सुरुङ्खिम गाउँमा पुगेका पौडलेहरुको पुर्खाहरुको सातौं पुस्ताको सम्मान र सम्झनामा उनै ठाउँलाई थातथलो मानी उक्त संस्थाको स्थापना गरिएको अध्यक्ष पौडेलले बताए । यस संस्थाको उदेश्य नै समाजसेवा रहेको उनको भनाई छ ।

थातथलो अभियानको शिरको रमणिय स्थानहरू सिदिङ्वा धाम ३६१० मिटर र तावानागी हिम शृङ्खला ४५०० उचाइमा पर्दछ ।