November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख

काठमाडौं । २०७८ को जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकले नेपालको जनसंख्या वृद्धिदर पछिल्लो ८० वर्षमै कम भएको छ ।

विभागले सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजामा नेपालको पछिल्लो जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । यो २०६८ सालको तुलनामा झन्डै २७ लाख बढी हो ।

नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ । । वृद्धिदर १ प्रतिशतभन्दा कम भएको यसैपालि हो । यो सन् १९९८ पछिको सबैभन्दा न्यून हो । १९९८ देखिपछिका सबै जनगणनामा नेपालको जनसंख्याको बढेको छ ।

Advertisement

त्यस्तै, प्रारम्भिक परिणाममा नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको देखिएको छ । नेपालमा अहिले पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ छ ।