काठमाडौं । राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पेश गरिएको छ।
राष्ट्रिय सूचना आयोगको आव २०७७-७८ को वार्षिक प्रतिवेदन प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङले मंगलबार प्रधानमन्त्री देउवालाई बालुवाटारमा बुझाएका हुन् ।