November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

पत्रकार कमलराज राईको निधनप्रति नेपाल पत्रकार महासङ्घद्वारा दुःख व्यक्त

काठमाडौं । पत्रकार कमलराज राईको निधनप्रति नेपाल पत्रकार महासङ्घले दुःख व्यक्त गरेको छ । महासङ्घ, काठमाडौँ शाखाका कार्यसमिति सदस्य कमलराज राईको हृदयघातका कारण ४५ वर्षको उमेर बिहीबार दिउँसो निधन भएको थियो । 

हृदयाघात भएपछि उपचारका लागि तत्काल मित्रपार्कस्थित नेपाल–भारतमैत्री अस्पताल पुर्याएका पत्रकार राईको उपचारकै क्रममा सोही दिन ४ बजे निधन भएको थियो ।

राई लामो समयदेखि सक्रिय पत्रकारिता गरिरहेका थिए । पछिल्लो समय प्रभाव दैनिकमा सम्पादकका रूपमा कार्यरत रहेका थिए । 

Advertisement

महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पत्रकार राईको  निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, मिहिनेती, जुझारु, निडर र ऊर्जाशील युवा पत्रकार गुमाएको छ भने महासङ्घले सक्रिय सदस्य गुमाएको छ । महासङ्घ स्व पत्रकार राईप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दछ ।”