November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

कुम्मायक सरोकार मञ्च दक्षिण कोरियाद्वारा दुर्घटनामा परेका घाइतेलाई आर्थिक सहयोग

पान्थर । कुम्मायक सरोकार मञ्च दक्षिण कोरियाले मोटर साइकल दुर्घटनामा परेका घाइते बिरामीलाई आर्थिक सहयोग गरेको छ । दुर्घटनामा परेका कुम्मायक गाउपालिका १ स्थित साबिक वडा नम्बर ८ निगुवाचाबाका १८ बर्षीय सन्जय तामाङलाई सहयोग प्रदान गरेको हो ।

गत पौष २७ गते दिउँसो १२ बजे घरायसी सामान किन्न मोटरसाइकलबाट यासोक बजार जाने क्रममा फिक्कलमा दुर्घटना हुँदा तामाङ गम्भीर घाइते भएका थिए । घाइते तामाङलाई कुम्मायक सरोकार मञ्च दक्षिण कोरियाका अध्यक्ष सोम भगत चेम्जोङ्को अगुवाइमा १ लाख ७ हजार ५ सय रकम सहयोग गरेको हो ।

सहयोग रकम कुम्मायक गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष देबेन्द्र कुमार लावतीको रोहवरमा घाइतेका आमा फुलमाया तामाङलाई हस्तान्तरण गरिएको थियो ।

Advertisement

घरको आर्थिक स्थिति कम्जोर हुनुका साथै उनको बि एन्ड सि हस्पिटलमा उपचार हुँदा ८ लाख भन्दा बढी रकम खर्च सकिएकोले थप सहयोगको याचना समेत गरिएको छ ।

तामाङको शरीरको मेरुदण्ड भाचिएको चारवटा दात समेत झरेको परिवार श्रोतले जनाएको छ । उनको उपचारमा थप रकमको आवस्यकता हुने समाजसेवी गणेश नेम्बाङ , शिक्षक तिलबहादुर तामाङ र कुम्मायक सम्पर्क समितिका सदस्य गणेश चेम्जोङले बताए । वैदेशिक रोजगारमा रहेर असहायहरुको सहारा बनेको छ भन्दै
सम्पर्क समितिले कुम्मायक सरोकार मञ्च दक्षिण कोरियाका सम्पुर्ण सहयोगी टिमलाई हार्दिक आभार पनि प्रकट गरेको छ ।