November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा मौलिक लोक बाजा प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा चेतना सन्देश नेपालको स्थानीय व्यवस्थापनमा १० दिने मधेस प्रदेश स्तरीय मौलिक लोक बाजा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सर्लाही हरिवनमा १० दिने मौलिक लोकबाजा प्रशिक्षण अन्तरगत ढोलक र मादलको प्रशिक्षण कार्यक्रम सम्पन्न भएकोे हो ।

प्रतिष्ठानका संगीत बिभाग प्रमुख तथा कार्यक्रम संयोजक प्राज्ञ अशोक राईको सभापतित्व र मधेस प्रदेश सभा सदस्य माननीय बेचि लुङ्गेलीको प्रमुख आथित्यतामा समापन तथा प्रमाणपत्र बितरण भएको थियो ।

Advertisement

यस अगाडि पाँचथरमा च्याब्रुङ, काठमाडौ ललितपुरमा धिमे, ढोल साकेला डम्फु, च्याब्रुङ, बाँसुरी, सारङ्गी, टुङ्ना बाजाको प्रशिक्षण सम्पन्न भई सकेको छ । अब फागुन २० गतेबाट सुनसरी धरानमा ढोल र मादलको प्रशिक्षण गरिने प्राज्ञ अशोक राईले बताए ।

मधेस प्रदेशका विभिन्न जिल्ला र स्थानीय गरि २८ जना प्रशिक्षार्थीले मादल र ढोलकको प्रशिक्षण लिएका थिए ।