भक्तपुर । भक्तपुरमा आजदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने भएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा फागुन ६, ७ र ८ गते सिर्जनात्मक एवं रचनात्मक विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।
सोही अवसरमा आइतबार भक्तपुरमा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ । बिहीबार बसेको प्रजातन्त्र दिवस जिल्लास्तरीय समितिको बैठकले बृहत् रक्तदान आयोजना गर्ने निर्णय गरेको हो ।
त्यस्तै, आजदेखि तीन दिन घर–घरमा दीपावली गरिने, सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका कार्यालयमा राष्ट्रिय झण्डा फहराई साँझ दीपावली गर्ने, कार्यालय परिसरमा सरसफाइ गर्ने, रक्तदान तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरिने भएको छ ।
जिल्लास्थित विभिन्न सञ्चारमाध्यममा प्रजातन्त्र दिवससम्बन्धी सन्देश, सूचना, अन्तक्र्रिया, छलफल तथा बहस कार्यक्रम प्रकाशन छ ।