काठमाडौं । वरिष्ठ कलाकार जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान क्तपुरस्थित कौशलटारमा लामाको निधन भएको हो । आज विहान २ बजे घर अगाडि गाडीबाट ओर्लिने क्रममा लडेर उनको निधन भएको स्रोतले जनाएको छ ।
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाले २०३० सालमा मनको बाँधबाट चलचित्रको अभिनय यात्रा सुरू गरेका थिए । उनले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए भने कयौं टेलिश्रृंखलामा पनि अभिनय गरेका थिए ।
लामाका हेर्दामा राम्रो, सुर्तिको ठूटो, कलकत्ते काइँयो, मुलाको चानालगायतका गीत नेपाली संगीत बजारमा चर्चित छन् ।