July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

सञ्चारिका समूह नेपालको अध्यक्षमा विमला तुम्खेवा

काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित भएकी छिन् । शुक्रबार राति सम्पन्न निर्वाचनबाट तुम्खेवा निर्वाचित भएकी हुन् ।

त्यस्तै, उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की तथा कोषाध्यक्षमा उर्वशी बस्नेत निर्वाचित भएका छन् भने सदस्यहरूमा सलोजा दहाल, सजना तामाङ, पार्वता चौधरी, नुनुता राई, मन्जिमा ढकाल, लोकसरी कुमारी कुँवर राधा खनाल र पबित्रा मुडबरी निर्वाचित भएका छन् ।

अध्यक्ष तुम्खेवा यसअघि संचारिका समुहकी महासचिव थिइन् ।

Advertisement